साउन १ देखि आईएमईआई दर्ता अनिवार्य, नत्र मोबाइल नचल्ने
नुवाकोट । साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका वा विदेशबाट उपहारमा प्राप्त मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा साथीभाइले उतै किनेर नेपाल पठाइदिएका मोबाइलहरुको हकमा भने व्यक्ति स्वयंले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।
साउन १ अगाडिदेखि नै प्रयोगमा आइरहेका मोबाइल सन्चालनमा भने समस्या नआउने प्राधिकरणले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक सन्तोष पौडेलले भने, ‘साउन १ गते पछाडि आउने मोबाइल आईएमईआई नम्बर दर्ता गरिएको छैन भने चल्दैन ।
साउन १ गते अगाडिदेखि नै चलाइरहेका मोबाइलहरुको हकमा भने अहिले समस्या पर्दैन । तर सबैले आईएमईआई नम्बर दर्ता गर्दा राम्रो हुन्छ ।’ साउन १ गतेभन्दा अगाडि देखि नै प्रयोगमा आइरहेका मोबाइलको डाटा प्राधिकरणको प्रणालीमा डाटा बसिसकेको हुनाले आईएमईआई नम्बर दर्ता नगर्दा पनि चल्ने उनले बताए ।
आईएमईआई नम्बर कसरी दर्ता गर्ने ?
इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमईआई) नम्बर हरेक मोबाइल सेटमा हुने ‘युनिक नम्बर’ हो । एउटा सिम लाग्ने मोबाइलमा एउटा र दुईवटा सिम लाग्ने मोबाइलमा दुईवटा आईएमईआई नम्बर राखिएको हुन्छ ।
मोबाइलको कभरमै आईएमईआई नम्बर हुन्छ । कभर छैन भने पनि *#06# डायल गर्दा पनि आफ्नो मोबाइलको आईएमईआई नम्बर देखिन्छ ।
यो नम्बरलाई नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेशन भन्ने स्थानमा गएर दर्ता गर्न सकिन्छ । मोबाइल सेटका व्यवसायीहरुले आफैं यो नम्बर दर्ता गरेका हुन्छन् । कसै–कसैले आईएमईआई नम्बर दर्ता नगरीकन पनि बेच्ने गरेको पाइएको बताउँदै निर्देशक पौडेलले त्यसो गर्नु दण्डनीय हुने बताए ।
फाइदा के हुन्छ ?
आईएमईआई नम्बर हरेक मोबाइलको फरक फरक हुने भएकाले एकअर्कासँग मिल्दैन । यदि मोबाइल हरायो भने यही नम्बरको आधारमा खोज्न सजिलो हुन्छ । यस्तो नियमबाट आपराधिक क्रियाकलापमा कमी आउने र सरकारको राजश्व पनि वृद्धि हुने प्राधिकरणको विश्वास छ ।
प्राधिकरणका निर्देशक पौडेलले यसको फाइदाबारे भने, ‘व्यक्तिगत फाइदाको कुरा गर्ने हो भने मोबाइल हरायो वा चोरी भयो भने खोज्न सजिलो हुन्छ, क्रिमिनल एक्टिभिटी अनुसन्धान गर्न पनि सहयोग पुग्छ । राज्यको तर्फबाट कुरा गर्ने हो भने राजश्व छली रोकिन्छ ।’
आईएमईआई नम्बर दर्ता अनिवार्य गर्दा राजश्व छलेर अवैध रुपमा मोबाइल भित्राउने काम रोकिने उनको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया