देविघाट जेष्ठनागरिक प्रतिष्ठानलाई तीनवर्षदेखि तरकारी उपलब्ध गराउँदै राजु कडेल
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १० का राजु कडेल विगत ३ वर्षदेखि देविघाटमा रहेको जेष्ठ नागरिक अध्ययन तथा प्रतिष्ठानलाई तरकारी उपलब्ध गराउँदै आएका छन् ।
काठमाण्डौको कालिमाटी तरकारी बजारमा तरकारी व्यवसाय गर्ने राजुसहित उनका साथीहरुको टोलीले सातामा दुई÷तीनपटक प्रतिष्ठानकालाई विगत तिनवर्षदेखि तरकारी उपलब्ध गराउँदै आएको देविघाट जेष्ठ नागरिक तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णु नेपालले जानकारी दिए ।

प्रतिष्ठानलाई तरकारी कालीमाटी तरकारी बजारबाट तरकारी पठाउँदै राजु कडेल ।
कालीमाटीमा तरकारी व्यवसाय गर्ने राजुसहित अन्य साथीह तारा बुढाथोकी, विनोद भण्डारी, रामशरण रिजाल, श्याम वहादुर तितुङ, यातायात व्यवस्थापनमा उद्धव श्रेष्ठ र भुपेन्द्र वानियाले निस्वार्थ भावनाले सहयोग गरिरहेका छन् ।
जेष्ठ नागरिक अध्ययन तथा प्रतिष्ठानमा रहेका बृद्धबृद्धाहरुलाई सिजन अनुसारको तरकारी पठाउने गरेका राजुले आफुसँगै साथीहरुको सहयोगमा तिनवर्षदेखि निशुल्क रुपमा तरकारी उपलब्ध गराउँदै आएको बताए ।
यस्तै उनले आफ्ना पिताको तिथिको समयमा प्रत्येक वर्ष प्रतिष्ठानमा रहेका बृद्धबृद्धाहरुलाई खाना तथा फलफुल समेत खुवाइरहेका छन् ।
उनले आफुजस्तै सहयोगीहरुको साथ मिलेमा आगामी दिनमा प्रतिष्ठानलाई अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । जेष्ठ नागरिकहरु समाजको जीउदो ईतिहास रहेको भन्दै उनीहरुको संरक्षण र हेरचाह सबैले मिलेर गर्नुपर्नै उनले बताए ।
विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको प्रतिष्ठानमा अहिले ३१ जना बृद्धबृद्धाले संरक्षण पाइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया