विदुर १३ खुर्सानीमा किर्ते समिति बनाएर सडक निर्माण गरियो
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ खुर्सानीमा किर्ते समिति बनाएर सडक निर्माण गरिएको छ ।
वडामा जनप्रतिनिधिको रोहवरविना किर्ते उपभोत्ता समिति गठन गरि गैरीथोक–खुर्सानी सडक आयोजना निर्माण गर्नुपर्नेमा समितिले आफ्नो पाएक पर्ने स्थानमा मनोमनी ढंगले सडक निर्माण गरेको भन्दै स्थानियवासीले गुनासो गरेका छन् ।
वडा नम्बर १३ खुर्सानीमा निर्माण थालिएको भनिएको सडक आयोजनाको लागि वडा वाहिरका युवाहरुको जमात खडा गरि उपभोत्ता समिति गठन गरेको स्थानिय हिम्मत थापामगरले जानकारी दिए ।
प्रदेश सरकारको सांसद विकास कोषको २० लाख रुपैयाँ र नगरपालिकाको ५ लाख रुपैयाँ सहित २५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भनिएको सो सडकमा समेत गुणस्तरहीन सामान राखेको स्थानिय टेकबहादुर थापामगरले बताए । उनले वडा नम्बर १३ मा निर्माण सडक निर्माण गर्दा वडा नम्बर ८ का युवाहरुको जमात जम्मा गरेर आफ्नै घर र खेतलाई तर मात्र सडक निर्माण गरिएको उनले बताए ।
त्यस्तै वडा नम्बर १३ का वडाध्यक्ष दलवहादुर तामाङले वडाका जनप्रतिनिधिहलाई जानकारी नदिई किर्ते समिति बनाई विदुर नगरपालिकामा दर्ता गरिएकोले भुक्त्तानी रोक्नको लागि नगरपालिकामा पत्र पठाएको बताए । वडाध्यक्ष तामाङले किर्ते समितिलाई योजना दिएर स्थानिय समितिलाई काम गर्न नदिएको बताए । उनले किर्ते समितिले गुणस्तरहीन काम गरेको र समिति नै अवैधािनक भएको भन्दै रकम भुक्त्तानी नगर्नको लागि विदुर नगरपालिकामा पत्र काटेको बताए ।
यस्तै वडासदस्य कल्पना विकको रोहवरमा बनेको वैधानिक समितिका अध्यक्ष शिवशंकर थापामगरले आफुहरुको काम गर्न पाउने अधिकारलाई किर्ते समितिले समस्यामा पारेको बताए । यस विषयमा जानकारी लिन खोज्दा किर्ते समितिका अध्यक्ष भनिएका जीवन आलेमगर संम्पर्कमा आउन चाहेनन् ।
किर्ते समितिले अन्यत्र निर्माण गरेको सडकमा समेत गुणस्तरहीन सामान राखेको विषयमा बोल्दा किर्ते समतिका अध्यक्ष लगायतले वैधानिक समितिका सदस्य समेत रहेका हिम्मत थापामगरको घरमा तोडफोड गरेका छन् । स्थानिय युवाहरुको समुहले आफ्नो घरमा तोडफोड गरेको हिम्मतले गुनासो गरे ।
घर तोडफोड गरिएको विषयमा प्रहरी र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपनि सुनुवाई नभएको उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया