शिवपुरी आधारभूत अस्पताललाई ६ सेट अस्पताल बेड सहयोग

शिवपुरी । शिवपुरी गाउँपालिकाको आधारभूत अस्पतालका लागि महिला तथा बालबालिकाका लागि सामाजिक सुरक्षा र केटाकेटी संस्थाले अस्पताल बेड सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष राजेश रेग्मीले सेमि फोल्डिङ मेडिकल बेड, आईभी सेट स्ट्यान्ड, साइड टेबल, बेड सिट, म्याट्रेस सेट, तकिया र ब्ल्यान्केट सहितको ६ सेट अस्पताल बेड उपलब्ध गराएका हुन् ।
सहयोग सामाग्री बुभ्mदै शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सबैको सहयोगले कोभिड १९ नियन्त्रणमा शिवपुरी गाउँपालिका सबल हुँदै आएको बताए । पछिल्लो समय प्राप्त सहयोगले अब शिवपुरी गाउँपालिकाको आधारभूत अस्पतालमा २६ बेडको व्यवस्थापन भएको भन्दै अध्यक्ष थापाले सहयोग प्रदान गर्ने संस्थाका अध्यक्ष राजेश रेग्मीलाई धन्यवाद दिए ।
शैयाको लायन्स क्लब अफ स्वीट होम भक्तपुरका संस्थापक अध्यक्ष, समाजसेवी तथा पर्यटन व्यवसायी सुदामा कार्कीको पहलमा उपलब्ध भएको सहयोगको संयोजन सञ्चारकर्मी तथा लायन्स क्लब अफ काठमाडौं युनिफाइड नेसनका अध्यक्ष पुरुषोत्तम बस्नेतले गरेका थिए ।
रहेका छन् ।
गाउँपालिकाले शेराबगरमा सञ्चालन गरेको अक्सिजन सहितको अस्पतालमा २४ सै घण्टा सेवा उपलब्ध छ । अस्पतालमा एमबिबिएस डाक्टर १ जना, स्टाफ नर्स ५ जना, हेल्थ असिस्टेन्ट १ जना र ल्याब टेक्निसियन १ जना खटिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया