समुन्द्रटार–त्रिशूली–३ बी हब प्रसारणलाइन सम्पन्न
नुवाकोट । नेपाल विद्युत प्राधिकरणद्वारा निर्माणाधीन समुन्द्रटार–त्रिशूली–३ बी हब १३२ केभी डबल प्रसारणलाइन र सबस्टेसनको निर्माण सम्पन्न भएको छ ।
नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट सुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली ३ हब सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारणलाइन र १३२-३३ केभी समुन्द्रटार सबस्टेसन सम्पन्न भएको हो ।
२६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनताको जलविद्युत कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ ।
समुन्द्रटार सबस्टेसनमा १३२-३३ केभीतर्फ २ थान ३० एमभीए क्षमताका ट्रान्सफर्मरहरु र ३३-११ केभीतर्फ २ थान ८ एमभीए क्षमताका ट्रान्सफर्मरहरु जडान गरिएको छ । १३२ तर्फ ५ वटा बे र ३३ केभीतर्फ ४ वटा बे उपकरणहरु जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणहरुलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ ।
प्रसारण लाइनबाट २७० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलाहरुमा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन् ।
निर्माण सम्पन्न भएको प्रसारण लाइन र १३२-३३ केभी समुद्रटार सबस्टेसनको भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट उद्घाटन गरे । सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत् आपूर्ति गरिने भएकोले नुवाकोटको पूर्वी भेगमा विद्युत भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने छ ।
नेपाल सरकारको लगानी र एसियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको कूल लागत १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटिइआरएन सिसिसिई एफइपिइसी जेभी, चीनसँग १३ मंसिर २०७३ ठेक्का सम्झौता भएको थियो ।
सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया