मुल्यवृद्धि विरोधमा नुवाकोटमा संयुत्त गठबन्धनद्धारा प्रर्दशन
नुवाकोट । नुवाकोटमा संयुत्त विद्यार्थी संगठनले मुल्यवृद्धि र कोरोना भाइरसको खोप सबैले पाउनुपर्ने माग गर्दे प्रर्दशन गरेको छ ।
नुवाकोट आदर्श बहुमुखि क्याम्पस अगाडीबाट मसाल सहित सडकमा निस्किएका युवाहरुले सरकारको रबैया गलत रहेको भन्दै नाराबाजि समेत गरेका छन् ।
नेपाल विद्यार्थी संघ,अखिल (क्रान्तिकारी) र अनेरास्ववियु सहितको संयुक्त विद्यार्थी संगठनले केपी ओली नेतृत्वको सरकार राष्ट्रघाती भएको भन्दै त्यसका विरुद्ध नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट मसल जुलुस निकालेका हुन् ।
विद्यार्थीहरुले प्रधानमन्त्री ओली नेतृत्वको सरकार विरुद्ध चर्का नाराबाजी सहित विरोध प्रदर्शन गरेका छन् । ओली नेतृत्वको सरकारले गरेको संसद विघटनजस्तो असंवैधानिक कदम, महंगी, कालोबजारी नियन्त्रणमा असफलता, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, चुरेमाथी सरकारले दोहन गर्न लागेको विषयलगायत सरकारले गरिरहेको एकपछि अर्को जनविरोधी निर्णयहरु रोक्नुपर्ने र त्यसलाई सच्याउन माग राख्दै विद्यार्थीहरुले नाराबाजी गरेका छन् ।
शान्तिपुर्ण आन्दोलनमा शसस्त्र प्रहरीले देखाएको रबैयाको बिरुद्धमा बिद्यार्थी संगठनहरुले मसाल जुलुसको कार्यक्रमपछि पनि टायर बालेर सडक अबरुद्ध पारेका थिए । कार्यक्रममा संयुक्त बिद्यार्थी संगठनका नेताहरुले सरकारकै संरक्षणमा कालोवजारी बढ्दै गएको आरोप लगाएका छन् ।
शान्तिपुर्ण रुपमा बिद्यार्थीहरुले गरेको आन्दोलनमा प्रहरी दमनको बिरोध गर्दै बिद्यार्थी नेताहरुले आगामी दिनको आन्दोलन जारी रहेको घोषणा गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया