नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ६ सय ८८ पुग्यो
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै गएको छ ।
पछिल्लो एकसाता अघि जिल्लामा एक हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेपनि अहिले दिन प्रतिदिन घट्दै गएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार शनिवारसम्म यो संख्या घटेर ६ सय ८८ मा आइपुगेको छ ।
जिल्लामा रहेका कुल सक्रिय कोरोना संक्रमितमध्ये ६ सय २८ जना होम आइसोलेसनमा, ३० जना अस्पतालमा र ३० जना नै आइसोलेसन सेन्टरमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २४ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कोरोना संक्रमितको ५ हजार ५ सय ४० पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी २१ जना विदुर नगरपालिकाका छन् भने शिवप्री गाउँपालिकाका ६ जना रहेका छन् ।
यस्तै बेलकोटगढी नगरपालिकामा ३ जना संक्रमित थपिँदा सुर्यगढी गाउँपालिकामा २ जनामा कोरोना भेटिएका छन् । त्यस्तै तारकेश्वर र म्यागङ गाउँपालिकामा सामान एक÷एक जनामा कोरोना संक्रमण पसष्टि भएको छ ।
जिल्लामा हादसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म २० हजार ३ सय ९३ जनाको पिसिआर परिक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा ५७ जना कोरोनामुत्त भएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ४ हजार ८ सय १७ पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया