कुन राशिले कसरी यौन आनन्द लिन्छन् ?

विदुर खबर २०७५ साउन २१ गते १:५२

समाजका सबै ब्यक्तिको स्वभाव र रुची फरक फरक खालको हुन्छ ।यौनिक मामलामा पनि मानिसहरुमा फरक फरक गुण र ब्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मन पर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ । मानिसको बानी अनुसार ज्योतिस शास्त्रमा विश्वाश गर्ने कोहि हुन्छन् भने कोहि विश्वाश गर्दैनन् तर तपाइ विश्वाश गर्नुस या नगर्नुस ज्यौतिषशास्त्रका अनुसार यौनिक ब्यवहार फरक हुनुको कारण राशि हो ।

Advertisement

१. मेष राशिका मान्छे छिट्टै आवेशमा आउँछन् । यो राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन पराउँदैनन् । यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने वेलामा यिनीहरु आतुर हुन्छन् ।

२. वृष राशिलाई चुम्बन मन पर्छ । वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ । यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नु पर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।

Advertisement

३. मिथुन राशिलाई प्रेमालाप मन पर्छ । यो राशिको स्वामी बुध हो त्यसैकारण्ँ कामुक भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टिप्रति पनि सचेत हुन्छन् ।

४. कर्कट राशिवालाहरु प्रेममा उत्साहित हुन्छन् । यो राशिका मानिस भावुक र मानसिकरुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण्ँ यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो पार्टनरको भन्दा पनि आङ्खनो खुसी बढी महत्वपूर्ण हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमी महसुस भैरहन्छ ।

Advertisement

५. सिंह राशिले पखिन्र्छन् पार्टनरको इशारा ।यो राशिका ब्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै ब्यक्त हुँदैन । तर इशाराको पर्खामा भने हुन्छन् । यौन सम्बन्धको सममया यिनीहरु निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशले गर्दा पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।

६. कन्या राशिमा यौनप्रति विशेष रुची । यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम ब्यक्त गरिहाल्दैनन् । यद्यपी चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर मुडी स्वभाव भने हुन्छ ।

७. तुला राशिका मानिसमा सम्बन्ध बढाउने चाहाना हुन्छ । यो राशिका ब्यक्ति आङ्खनो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण्ँ यिनीहरुप्रति मानिस आकषिर्त भैहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।

८. वृश्चिक राशिमा कामुक भावनाप्रवल हुन्छ । वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरुको अति उत्साहका कारण्ँ पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।

९. धनु राशि जतिबेला पनि यौनका लागि तयार । यो राशिका मानिसको विशेषता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ ।

१०. मकर राशिलाई चुम्बन मन पर्छ । यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समपिर्त हुन्छन् । प्रेममा विश्वास गर्न राम्रो राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर पार्टनरको सन्तुष्टिप्रति कम सचेत हुन्छन् ।

११. कुम्भ राशिलाई प्रेममा नयाँ नयाँ प्रयोग मन पर्छ । यो राशिका ब्यक्ति यौन क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउ“छन् । यौन क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टिलाई बढी ध्यान दिन्छन् ।

१२. मीन राशिको सम्बन्ध सुखद र आनन्ददायक हुन्छ । यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टिमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौन चाहाना अत्याधिक हुन्छ । कुम्भ राशि जस्तै नयाँ प्रयोग गर्न मन पराँउछन् ।

प्रतिक्रिया