वर्ल्डलिंकको ग्राहक संख्या पाँच लाख पुग्यो

नुवाकोट । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सको ग्राहक संख्या पाँच लाख पुगेको अवसरमा खुशियाली मनाएको छ ।
नेपालमा २५ वर्षदेखि इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको वर्ल्डलिंकले देशमा नै ईन्टरनेटको क्षेत्रमा आफुलाई अब्बल रुपमा राखेको छ । बिहीवारदेखि वर्ल्डलिंक इन्टरनेट ५ लाख घरधुरीमा पुगेको र यो अवसरमा नुवाकोटमा पनि खुशियाली मनाईएको वर्ल्डलिंक नुवाकोटका प्रमुख ऋषिप्रसाद सुवेदीले बताए ।
आफुहरुले दिइरहेको सेवालाई अझ विश्वसनीय र भरपर्दो बनाउँदै थप ग्राहकमाझ जोडिदै जाने पनि उनले जनाए । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्ने गरेको बतार्ईएको छ ।
वर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो । वर्ल्डलिङ्कले देशका दश हजार ठाउँमा पब्लिक वाई–फाई विस्तार गरेको छ । नुवाकोटमा पनि धेरै ठाँउमा यो सुविधा रहेको सुवेदीले जनाए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया