म्याग्दीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
विदुर खबर
२०७८ असार १७ गते ८:२२
नुवाकोट । म्याग्दीको मङ्गला गाउँपालिका–२, सिमलचौरको मिठौलामा हिजो बेलुका जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा बेनी नगरपालिका–५, डडुवाकी २० वर्षीया सबिना भण्डारी र मङ्गला–१, पूर्णगाउँका १३ वर्षीय बिमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताउनुभयो ।
जीप दुर्घटनामा परेर पूर्णगाउँका २३ वर्षीय अनिल रसाईली, २५ वर्षीय सुदन आचार्य, ३६ वर्षीया अमृता राम्जाली, २६ वर्षीया एन्जिला भण्डारी, ८ वर्षीया एडिना नेपाली र ३५ वर्षीया गीता खत्री घाइते भएका छन् ।
घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हिजो बेलुका साढे ८ बजे दुर्घटना भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया