नेपालका ११ वर्षीय बालकले पत्ता लगाए छुद्र ग्रह
नुवाकोट । नेपालका ११ वर्षीय बालकले छुद्र ग्रह पत्ता लगाएका छन् ।
२०१९ कै मे २७ देखि जुन २१ को अभियानमा ४ वटा छुद्र ग्रह पत्ता लागेको थियो ।
त्यति बेला अमृत साइन्स कलेजमा अध्ययनरत रेजा थापा र नासोकी मिनषा द्वाले पत्ता लगाएको छुद्र ग्रहलाई ‘२०१९–केबी१५’ दिइएको छ । नासोकै अध्यक्ष भट्टराई र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजीमा अध्ययनरत सुशान्त द्वाले २०१९–केके१८ पत्ता लगाए । २०१९–केडब्लू९ चितवनका नीरज लामिछाने चितवन र अध्यक्ष भट्टराईले पत्ता लगाएका हुन् ।
२०१९–केके५ चाहिँ विज्ञान शिक्षक समाज पोखरा च्याप्टरकी जानकी कुमारी छन्त्याल र नासोकी मनीषा द्वाले पत्ता लगाएका थियो ।
नेपालबाट सन् २०२० मा २०२०–एफ०११, २०२०–एचके३४, २०२०–एचटी४९ र २०२०–पीजी१५ नाम गरेका छुद्र ग्रह पत्ता लागेका हुन् ।
तीमध्ये २०२०– एफ ०११, २०२०–एचके३४ र २०२०–पीजी१५ मेन बेल्ट एस्टोरोइड रहेको पत्ता लागे पनि एजटी४९ को पहिचान हुन सकेको छैन । यी सबै छुद्र ग्रह उच्च मावि र विश्वविद्यालयका विद्यार्थीले पत्ता लगाएका हुन् । यो खोज अभियानमा ११ वर्षदेखि माथिको उमेर समूहका २ हजार ३ सय ४० जना विद्यार्थी सामेल भइसकेका छन् ।
के हो छुद्र ग्रह ?
ग्रह बन्न नसकेका आकाशीय पिण्डहरूलाई छुद्र ग्रहका रूपमा लिने गरिन्छ । सौर्यमण्डलमा धेरै आकाशीय पिण्ड छन् र तिनले पनि सूर्यलाई परिक्रमा गर्छन् ।
अन्तरिक्षमा ५ सय किलोमिटरभन्दा बढी व्यास भएका छुद्र ग्रह ३ वटा रेकर्ड गरिएको छ । यस्तै सय किलोमिटर व्यासका करिब २ सय वटा, ५ किलोमिटरसम्मका ९० हजार, ३ किलोमिटरसम्मका २ लाखभन्दा बढी छुद्र ग्रह सौर्य मण्डलमा घुमिरहेको अनुसन्धानकर्ताहरू बताउँछन् ।
मंगल ग्रहदेखि र बृहस्पतिसम्मको खाली भागमा सूर्यलाई परिक्रमा गर्ने धूलो, कण, छुद्र ग्रह, ढुंगालगायतका वस्तु धेरै छन् ।
सानो आकारका ‘एस्टोरोइड’ हरू पृथ्वीतिर आइरहेका हुन्छन् । त्यस्ता वस्तु वायुमण्डलको माथिल्लो सतहमा बिलाउँछन् । यदाकदा केही आकाशीय टुक्रा भने खस्ने गरेका छन् ।
यस्ता पिण्ड र कणले पृथ्वीको तौल बढिरहेको भौतिकशास्त्रीहरू बताउँछन् । स–साना पिण्ड वायुमण्डलसँगको घर्षणबाट उत्पन्न हुने तापका कारण त्यत्तिकै बिलाउने गरेको भट्टराईले बताए ।
यस्ता बिलाएर जाने पिण्डलाई तारा खसेको भन्ने गरिन्छ ।
एक सय किलोमिटरभन्दा बढी व्यास भएका एस्टोरोइडको भित्री भाग फलामभन्दा कडा वस्तु, बीच भागमा आइस (विभिन्न ग्यासको आइस), सतहमा कार्बन हुने गरेको छ ।
ठूला छुद्र ग्रहको सतहमा एमिनो एसिड पनि भेटिने गरेको भौतिकशास्त्रीहरूको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया