पर्सामा चट्याङले तीन जनाको मृत्यु, चार घाइते

नुवाकोट । पर्सामा मंगलबार बिहानै चट्याङ लागेर एक महिलासहित तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बिहानै भैंसी चराउन गएका पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का ५५ वर्षीय रघुवीर यादवको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ गदियानीका २७ वर्षीय रुस्लान गदीको पनि भैंसी चराउन गएका बेला चट्यााङ लागेर घटनास्थलमै मृत्यु भएको छ । उनीसँगै भैंसी चराउन गएका राजबली गदी चट्याङ लागेर गम्भीर घाइते भएका छन् ।
घाइते राजबलीलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।
यस्तै खेतमा धान रोप्न गएका बेला चट्याङ लागेर पर्साकै जीराभवानी गाउँपालिका वडा नम्बर ३ जितपुरकी ५० वर्षीया असतुरनी देवी थरूनीको पनि मृत्यु भएको छ ।
गाँउकै रामसोगारत महतोको खेतमा मंगलबार बिहान धान रोप्न गएका बेला चट्याङ लागेर थरूनीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक राजुबाबु यादवले जानकारी दिनुभयो ।
जीराभवानी गाँउपालिकामै चट्याङ लागेर तीन जना सामान्य घाइते भएको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया