रसुवामा ९ सय ५० जना संक्रमित निको भए
विदुर खबर
२०७८ असार १५ गते २१:३५

रसुवा । रसुवामा ९ सय ५० जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा रहेका संक्रमितमध्ये मंगलबार २० जना संक्रमित निको भएसँगै निको हुनेको संख्या ९ सय ५० पुगेको हो ।रसुवामा हालसम्म १ हजार ३० जनामा कोरोना पुष्टि भएको थियो । तथ्यांक अनुसार संक्रमितमध्ये ९२.२३ प्रतिशत निको भएका छन् ।
जिल्लामा हाल ७९ जना सक्रिय कोरोना संक्रमित छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ८, कालिकामा ६९ र उत्तरगयामा २ जना रहेका छन् । संक्रमितहरूमध्ये ६ जना संस्थागत र ७३ जना होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ३ हजार ६ सय १९ वटा स्वाव संकलन गरिएकोमा २ हजार ५ सय ८९ नेगेटिभ र १ हजार ३० पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया