रसुवामा ९ सय ५० जना संक्रमित निको भए
विदुर खबर
२०७८ असार १५ गते २१:३५
रसुवा । रसुवामा ९ सय ५० जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्लामा रहेका संक्रमितमध्ये मंगलबार २० जना संक्रमित निको भएसँगै निको हुनेको संख्या ९ सय ५० पुगेको हो ।रसुवामा हालसम्म १ हजार ३० जनामा कोरोना पुष्टि भएको थियो । तथ्यांक अनुसार संक्रमितमध्ये ९२.२३ प्रतिशत निको भएका छन् ।
जिल्लामा हाल ७९ जना सक्रिय कोरोना संक्रमित छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ८, कालिकामा ६९ र उत्तरगयामा २ जना रहेका छन् । संक्रमितहरूमध्ये ६ जना संस्थागत र ७३ जना होम आइसोलेसनमा बसेका छन् ।
जिल्लामा हालसम्म ३ हजार ६ सय १९ वटा स्वाव संकलन गरिएकोमा २ हजार ५ सय ८९ नेगेटिभ र १ हजार ३० पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया