चारघरे स्वास्थ्य चौकीलाई औषधीसहित स्वास्थ्य सामाग्री वितरण

विदुर खबर २०७८ असार १४ गते ९:२२

नुवाकोट । नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी गिता अमात्यले आईतवार विदुर नगरपालिका वडा नम्बर १२ मा रहेको चारघरे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रीसहित औषधीहरु वितरण गरेकी छिन् ।

Advertisement

आईतवार स्वास्थ्य चौकी पुगेर अमात्यले स्वास्थ्य चौकीलाई आवश्यक पर्ने औषधी तथा स्वास्थ्य सामाग्रीहरु वितरण गरेकी हुन् ।
वितरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन कन्सनटेटर, २ थान अक्सिािटर, थर्मलगन २ थान, पन्जा एकसय थान, थर्ममिटर ३ थान, एकओटा विपिसेट तथा प्रसेर र सुगरका औषधीसहित २० भन्दाबढी प्रकारका स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

नगरपालिकाको दुर्गममा स्वास्थ्य चौकी रहेको र सामान्य विरामी भएको अवस्थामा समेत विदुर नै उपचारको लागि धाउनुपर्ने अवस्थामा रहेको भन्दै चारघरे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी गिता अमात्यले जानकारी दिइन् ।

Advertisement

उनले विदुरबाट ५÷६ किलोमटिर टाढा भएपनि साविक चारघरे गाविस सडकको पहँचबाट टाढा रहेकोले सामान्य स्वास्थ्य समस्या देखा परेपनि विदुर नै धाउनुपर्ने बताइन । वर्खाको समयमा सहज रुपमा औषधी उपलब्ध होस भन्ने हेतुले स्वास्थ्य सामाग्रीसहित औषधी वितरण गरेको अमात्यले बताइन् ।

उनले चारघरे स्वास्थ्य चौकीबाट माग भए बमोजिमका औषधीहरु वितरण गरेकी हुन् । उनले औषधीसहितका सामाग्रीहरु नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर १२ का सभापति झंकनाथ भट्टको रोहवरमा हस्तान्तरण गरेकी हुन् ।
अमात्यले स्वास्थ्य चौकीबाट माग भएमा आगामी दिनमा समेत स्वास्थ्य सामाग्री सहित औषधी वितरण गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

Advertisement

घरघरमा स्वास्थ्य माक्स र सेनिटाइर वितरण गदै

विदुर नगरपालिकाकी उपमेयरकी प्रत्यासी समेत रहेकी  अमात्यले विदुर नगरपालिकाको विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेकी छिन् ।

विदुर नगरपालिका वडा नम्बर १०, वडा नम्बर ११ र वडा नम्बर १२ मा अमात्यले आफ्नो व्यक्तिगत खर्चमा विदुर नगरपालिकाको विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।

अमात्यले विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटार, गैरीखर्क, वडा नम्बर ११ गेर्खु, वडा नम्बर १२ को भट्टगाउँ, मुलावारी लगायतका स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् । उनले वडाका प्रत्येक घरमा स्थानिय युवाहरुकोे रोहवरमा स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।

वितरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा प्रतिघर एक प्याकेज माक्स, सावुन र सेनिटाइजर रहेका छन् ।

प्रतिक्रिया