घरघरमा माक्स र सेनिटाइजर वितरण गर्दे गिता अमात्य
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटकी महिला नेतृ तथा विदुर नगरपालिकाकी उपमेयरकी प्रत्यासी गिता अमात्यले विदुर नगरपालिकाको विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेकी छिन् ।
आईतवार विदुर नगरपालिका वडा नम्बर १०, वडा नम्बर ११ र वडा नम्बर १२ मा अमात्यले आफ्नो व्यक्तिगत खर्चमा विदुर नगरपालिकाको विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।
अमात्यले विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटार, गैरीखर्क, वडा नम्बर ११ गेर्खु, वडा नम्बर १२ को तिनधारे,पिपलडाडा माबि,मुलाबारि प्राबि,खानिगाउ ,भट्टगाउँ र मुलावारी लगायतका स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् । उनले वडाका प्रत्येक घरमा स्थानिय युवाहरुकोे रोहवरमा स्वास्थ्य सामाग्री वितरण गरेकी हुन् ।
वितरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा प्रतिघर एक प्याकेज माक्स, सावुन र सेनिटाइजर रहेका छन् । उनले आम नागरिकलाई हात धुने र माक्स लगाउने बानीको विकास गर्न वडाको प्रत्येक घरमा स्वास्थ्य सामाग्री वितरण गरेको बताइन् ।उनले नगरपालिकामा वपत्तिको समयमा जनप्रतिनिधिको उपस्थिति रहनुपर्नेमा त्यसो हुन नसकेको बताइन् ।
किनेर लगाउनुपर्ने माक्ससहित स्वास्थ्य सामाग्री निशुल्क घरमै पाएपछि नगरवासीले खुशी व्यक्त गरेका छन् ।
यसअघि अमात्यले नगरपालिकाको विभिन्न स्थानमा पुगेर अपाङ्गता भएका व्यक्तिहरुको घरमै पुगेर खाद्यान्न सहयोग गरेकी थिइन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया