विदुर १० को वडा कार्यालय तोडफोड
विदुर खबर
२०७८ असार १३ गते ६:२७

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० को वडा कार्यालय तोडफोड गरिएको छ ।
शनिवार राती सातबजपछि वडा कार्यालय तोडफोड गरिएको वडाध्यक्ष गणेशकुमार नेपालले जानकारी दिए । तोडफोडबाट वडा कार्यालयको डिजिटल बोर्डमा क्षति पुगेको छ ।
तोडफोडबाट करिव ५० हजार रुपैयाभन्दा बढीको क्षति भएको उनले बताए ।
Advertisement
वडा कार्यालय स्थानिय श्याम मगराती भन्ने व्यक्तिले तोडफोड गरेको स्थानियवासीले बताएका छन् । उनको अहिले खोजी भइरहेको वडाध्यक्ष नेपालले विदुर खबरलाई बताए ।
सम्बन्धित
प्रतिक्रिया