भत्ता चोरी प्रकरणमा दोषी ठहरिए फाँसीमा झुन्डिन तयार छु : पुडासैनी

विदुर खबर २०७८ असार १२ गते ९:५२

नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीले वडा कार्यालयमा चोरी भएको पैसाको घटनामा आफु दोषी ठहरिए फाँसीमा चढ्न तयार भएको बताएका छन् ।

Advertisement

बिहिवार गाउँपालिकामा आयोजित विदाई कार्यक्रममा बोल्दै उनले आफु दोषी रहेको प्रमाणित भएमा अदालतको कठघरामा उभिन तयार भएको बताएका छन् ।

उनले गाउँपालिकाको केन्द्रमा बैंक नभएकोले सामाजिक सुरक्षा वापतको रकम वितरणको लागि एकमुष्ट निकासाको लागि हस्ताक्षर गरेको बताए ।

Advertisement

पुडासैनीले विभिन्न संचारमाध्यममा आफु दोषी रहेको समाचार आइरहेको भन्दै त्यसले आफु र आफ्नो परिवारलाई मानसिक दवाव आइरहेको बताए ।उनले मनायसगत ढंगले सबै पैसा ल्याएर चोराउनपर्छ भन्ने मनासयले राज्यको पैसा नझिकाएको बताए । उनले आफ्नो निर्णयमा आफु इमान्दार रहेको भन्दै बैकिङ सिस्टम गाउँपालिकाबाट टाढा रहेको भन्दै इमान्दारीताका साथ त्यो निर्णय गरेको बताए ।

यसअघि गत चैत्र २४ गते राती पन्चकन्या गाउँपालिका वडा नम्बर २ कविलासबाट सामाजिक सुरक्षा भत्ता वितरणको लागि ल्याइएको ५३ लाख रुपैयाँ वडा कार्यालयबाट चोरी भएको थियो ।

Advertisement

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका वडा सचिव सरिता राउत र वडा कार्यालयका प्राविधिक रामकुमार गिरीलाई जिल्ला आदालत नुवाकोटले धरौटीमा रिहा गरिसकेको छ ।

गाउँपालिकाका प्रशासकिय अधिकृत नरेश पुडासैनीलाई भने संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय सरुवा गरिएको छ ।

 

प्रतिक्रिया