देशभर थपिए २,४७६ कोरोना संक्रमित, २७ जनाको मृत्यु
नुवाकोट । पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५८६ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जना र ४ हजार ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा ७५५ जना गरी २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । यस्तै ५ हजार ४५५ जना निको भएका छन् । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ ।
तीमध्ये ८ हजार ९४५ जनाको मृत्यु भएको छ भने हालसम्म ५ लाख ७६ हजार ४१३ संक्रमणमुक्त भएका छन् ।
हाल देशभर रहेका ४५ हजार ७९४ जना सक्रिय संक्रमितमध्ये ४२ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा २ हजार ८८४ जना छन् । तीमध्ये ७१४ जना आईसीयू र २०१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
कहाँ कति थपिए संक्रमित
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये ४२७ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ३०८, ललितपुरका ७६ र भक्तपुरका ४३ जना छन् ।
यस्तै मोरङमा ९७, सुनसरीमा ९४, गुल्मीमा ५३, झापामा ४७, सिन्धुपाल्चोकमा ४४ र मकवानपुरमा ४० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । चितवनमा ३६, सल्यानमा ३५, लमजुङमा ३४, सर्लाहीमा ३१, गोरखामा २९ र पर्वतमा २५ जना संक्रमित थपिएका छन् । यसैगरी रुपन्देही र कैलालीमा २३/२३ र नवलपरासी पूर्वमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया