तारकेश्वर गाउँपालिकाको बजेट ३८ करोड १९ लाख

विदुर खबर २०७८ असार ११ गते १७:४४

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

Advertisement

बिहीवार बसेको गाउँसभा मार्फत गाउँपालिकाको आगामी आर्थिक वर्षका लागि कुल ३८ करोड १९ लाख २७ हजार ४ सय ८७ रुपैयाँ बराबरको बजेट विनियोजन भएको छ ।

बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्षमा तारादेवी रिमालले चालु खर्च अन्र्तगत ८ करोड ५७ लाख ७४ हजार र पूर्वधार विकासका लागि ४ करोड, ६४ लाख, ८८ हजार विनियोजन गरिएको जानकारी दिइन् । त्यसैगरी शिक्षा मा ७२ लाख, स्वास्थ्य क्षेत्रमा ४० लाख र कृषीमा ३० लगायत कुल व्याय १८ करोड, ७० लाख ६२ हजार अनुमान गरिएको छ ।

Advertisement

त्यस्तै कुल बजेटमा संघीय सरकारबाट कुल ७ करोड ८१ लाख समानीकरण अनुदान, बागमति प्रदेश सरकारबाट कुल ५९ लाख, ९४ हजार प्रदेश समानीकरण अनुदानसहित विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान र आन्तरिक आय गरी उक्त बजेट प्रस्ताव गरिएको हो ।

साथसाथै बजेटमा संघीय सशर्त अनुदान १ करोड, ५० लाख, ८९ हजार, प्रदेश विशेष अनुदान ३६ लाख, राजश्व बाँडफाँडमा (नेपाल सरकार) ५ करोड ६७ लाख, ९ हजार र राजश्व बाँडफाँड (बागमती प्रदेश) तर्फ १ करोड २६ लाख, ३७ हजार ५ सय ६१ रहेको विनियोजन गरिएको छ ।

Advertisement

कोरोनाबाट नागरिकको जीवन रक्षा गर्ने, अर्थतन्त्रलाई पुनरुत्थान गर्न आर्थिक गतिविधि एवम् विकास निर्माणका कार्यक्रमलाई तीव्रता दिने, सीपयुक्त शिक्षाको लागि पुर्वाधारमा लगानी गर्ने र सबै प्रकारको विभेद र असमानताको अन्त्य ,नागरिकहरुलाई न्यायपूर्ण पहुँच पुर्याउने, साथै ६० वर्ष माथिका एक पुरुषहरुलाई भत्ता सुविधा उपलब्ध गराउने  लगायतका प्राथमिकताका क्षेत्रहरु रहेका छन् ।

प्रतिक्रिया