नुवाकोटको कल्याणपुरमा युवकद्वारा झुन्डिएर आत्महत्या

विदुर खबर २०७८ असार १० गते २१:२६

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ देउडी (साबिक कल्याणपुर) मा एक युवकले आत्महत्या गरेका छन् ।

Advertisement

आत्महत्या गर्नेमा २३ वर्षीय राजकुमार बिक रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

उनी बिहिबार दिउँसो एक बजेतिर आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेको मृतकका कान्छा भाईले फेला पारेको स्थानीय रमेश सुनारले बताए ।

Advertisement

झुन्डिएको अबस्थामा उनको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवलाई पोस्टमार्टमको लागि त्रिशुली अस्पताल पठाएको छ ।

आत्महत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Advertisement

प्रतिक्रिया