नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ हजार पुग्यो

विदुर खबर २०७८ असार ९ गते २२:०७

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार माथि पुगेको हो ।

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा एकसय ७६ जनाको पिसिआर परिक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकामा २७ जना, किस्पाङ गाउँपालिकामा २५ जना र तारकेश्वर गाउँपालिकामा १२ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै लिखु र ककनी गाउँपालिकामा सामान ४÷४ जना थपिँदा दुप्चेश्वर गाउँपालिकामा ३ जना, म्यागङ गाउँपालिकामा २ जना र शिवपु्री गाउँपालिकामा एकजना संक्रमित थपिएका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ५ हजार ६६ पुगेको छ । यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ९ सय ४८ पुगेको छ । सक्रिय संक्रमितमध्ये ८ सय ९० जना होम आइसोलेसनमा, २८ जना आइसोलेसन सेन्टरमा र २९ जना अस्पतालमा उपचार गरिरहेका छन् ।

Advertisement

यस्तै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको कार्यालयको भनाइ रहेका छ । जिल्लामा हालसम्म १९ हजार ५ सय १७ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाइ रहेको छ ।

विदुर नगरपालिकामा थप २७ जनामा कोरोना पुष्टि

यसैविच विदुर नगरपालिकामा आज थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा १४ पुरुष र १३ महिलासहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या एक हजार ८ सय ७७ पुगेको छ । संक्रमितमध्ये १२ सय पुरुष र ६ सय ७७ महिला रहेको विदुर नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाका २ सय ७० जना कोरोना संक्रमित हाल आइसोलेसनमा उपचार गरिरहेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

विदुर नगरपालिकामा हालसम्म ३ हजार २१ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

किस्पाङमा २५ जनामा कोरोना पुष्टि

यस्तै किस्पाङ गाउँपालिकाका थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गाउँपालिकाका २२ पुरुष र ३ महिलासहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै किस्पाङ गाउँपालिकाका ३ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ सय ६० पुरुष र एकसय १६ महिला रहेका छन् ।

यस्तै गाउँपालिकाका ८९ जना होम आइसोलेसनमा रहेका बताइएको छ ।

किस्पाङ गाउँपालिकामा हालसम्म ७ सय ७३ जनाको पिसिआर परिक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया