विपद्का कारण नौँ वर्षमा रसुवामा सात सय १४ जनाको मृत्यु

रसुवा, विपद्का कारण नौँ वर्षमा रसुवामा सात सय भन्दा बढीको मृत्यु भएको छ । प्राकृतिक प्रकोप तथा मानव सृजित विपद्का कारण जिल्लामा सात सय १४ जनाको मृत्यु भएको हो ।
आर्थिक वर्ष २०६६÷६७ सालदेखि हालसम्म तीन सय २८ पुरुष र तीन सय ८० महिलाले विपद्का कारण ज्यान गुमाएका गृह मन्त्रालयको विपद् जोखिम न्यूनीकरण पोर्टलमा उल्लेख छ । भूकम्प, बाढी, पहिरो, चट्याङ, हिमपहिरो र आगलागिका कारण सात सय ९३ घाइते भएका सरकारी तथ्याङ्क छ ।
चालु आर्थिक वर्ष २०७५÷०७६ को साउन महिनामा पहिरोमा परेर १० जनाले ज्यान गुमाएका छन् भने १३ जना घाइते भएका छन् । विपद्का कारण सो अवधिमा एक सय ५० परिवार प्रभावित बन्न पुगेका छन् । बाढी, पहिरो र भूकम्पको कारण भौतिक संरचनामा पूर्ण तथा आसिंक क्षति पुगेको छ ।
आठ वटा पूर्ण र चार वटा आसिंक गरि १२ वटा सरकारी भवन र १२ हजार ६९ पूर्ण र तीन सय २७ आशिंक गरी १२ हजार तीन सय ९६ निजी आवासमा क्षति पुगेको बताइएको छ । विपद्का कारण करिब ६ करोड आर्थिक क्षति भएको बताइएको छ ।
प्रतिक्रिया