नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट भेटियो
विदुर खबर
२०७८ असार ७ गते २१:३७
नुवाकोट । नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट देखा परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार डेल्टा भेरियन्टमा नयाँ म्युटेसन देखिएको हो ।
देशका विभिन्न ठाउँहरुबाट संकलित ४८ वटा नमुनाहरु भारतको इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा परीक्षण गर्न पठाइएको थियो । ती मध्ये ४७ नमुनामा डेल्टा भेरियन्ट (बी.१.६१७.२) र एउटामा अल्फा भेरियन्ट (बी १.१.७) फेला परेको छ ।
सहप्रवक्ता अधिकारीका अनुसार ४७ डेल्टा भेरियन्टमध्ये ९ नमुनामा (के ४१७ एन्) म्युटेसन भेटिएको छ।
मन्त्रालयका अनुसार यी भेरियन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहकाहरुलाई नै असर गर्ने जनाइएको छ ।
Advertisement
उक्त भेरियन्टबाट जोगिनका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउनका लागि मन्त्रालयले आग्रह गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया