सामाजसेवी खड्काद्धारा शिखरवेशी हेल्थपोष्टलाई ५ थान स्टेचर प्रदान

विदुर खबर २०७८ असार ७ गते २०:४१

नुवाकोट । नेपाली कांग्रेसका युवा नेता एवम दुप्चेश्वर–काठमाडौं सम्पर्क समितिका अध्यक्ष तथा समाजसेवि सुशील खड्काले दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको शिखरवेशी हेल्थपोष्टलाई ५ थान विरामी बोक्ने स्टेचर हस्तान्तरण गरेका छन् ।

Advertisement

दुप्चेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य चौकीमा कोरोना संक्रमितको उपचार तथा स्थानिय विरामीहरुलाई स्वास्थ्य उयचारको लागि सहज होस भन्ने अभिप्रायले हेल्थपोष्टलाई ५ थान विरामी बोक्ने स्टेचर हस्तान्तरण गरेको खड्काले बताए ।

यसअधि खड्काले त्रिशुली अस्पतालसहित जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा विभिन्न स्वास्थ्य सामाग्री वितरण गर्नुका साथै विद्यालयहरुमा स्वास्थ्य सामाग्री समेत वितरण गरिसकेका छन् ।

Advertisement

स्टेचर हस्तान्तरण कार्यक्रममा सुर्दशन थापा र विकेश पण्डितको उपस्थिति रहेको थियो ।

दुप्चेश्वर गाउँपालिकामा अहिलेसम्म २ सय २९ जनामा कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये ८० जना होम आइसोलेसनमा उपचाररत रहेका छन् ।

Advertisement

प्रतिक्रिया