शिवपुरी गाउँपालिकामा थप १३ जना कोरोना संक्रमित थपिए
विदुर खबर
२०७८ असार ६ गते २२:१९

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा थप १३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा गाउँपालिकामा १३ जना संक्रमित थपिएका हुन् ।
यससँगै शिवपुरी गाउँपालिकामा कोरोना संक्रमितको संख्या एकसय ९२ पुगेको छ । संक्रमितमध्ये एकसय १५ पुरुष र ६७ महिला रहेका छन् ।
गाउँपालिकाका ३८ जना सक्रिय कोरोना संक्रमित हाल आइसोलेसनमा उपचारत रहेको गाउँपालिकाले जनाएको छ ।
शिवपुरी गाउँपालिकामा अहिलेसम्म एक हजार ६५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया