उपत्यकाको निषेधाज्ञा थप खुकुलो, जान्नुहोस् कुन बार कुन पसल खुल्छन् ?
नुवाकोट । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ ।
आइतबार बसेको उपत्यकाका तीन ओटै जिल्ला प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थपेर खुकुलो बनाउने निर्णय गरेको हो । जसमा निजी सवारी साधनमा जोर विजोर प्रणाली लागू गरिएको छ । भने बार अनुसार पसलहरु खोल्न दिने निर्णय समेत भएको छ ।
अब आइतबार, मंगलबार र बिहीबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न पाइने भएको छ । यस्तै सोमबार, बुधबार र शुक्रबार बहान ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न पाइने छन् ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू भो दैनिक बिहान ११ बजेसम्ममात्र खोल्न पाइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्। भने निर्माण सामग्रीका पसलहरू हरेक दिन बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ ।
शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्नेछ। सरकारी कार्यालय आलो पालो गरी खुला गर्नुपर्ने निर्णय भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया