रसुवाबाट नेकपाकाे जिल्लास्तरीय एकीकरण सुरू, १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत

नुवाकोट/नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे जिल्लास्तरीय एकीकरण सुरू भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माअाेवादी केन्द्रलार्इ जिल्लामा एकीकरण गर्नेमा रसुवा पहिलो जिल्ला बनेको छ । प्रदेश ३ को रसुवाको तत्कालीन एमाले र माअोवदीको सचिवालय र पदाधिकारीको पटक पटकको बैठकबाट एकीकरण सम्भव भएकाे हो ।
केन्द्रले तोकेको मापदण्ड अनुसार रसुवाले १२५ सदस्य कमिटी र त्यसमा एक प्रदेश बराबरकाे १० जना गरेर १३५ जनाको नाम प्रस्ताव गरिएको नेकपाका एकजना नेताले जानकारी दिए । अाइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ को कार्यदल समक्ष रसुवा जिल्लाको तर्फबाट जिल्ला कमिटीको संयुक्त नामावली पेश गरेकाे नेकपाका केन्द्रीय सदस्य माधव अर्यालले जानकारी दिए । जिल्लाको तर्फबाट सर्वसम्मत नामावली पेश गर्ने रसुवा जिल्ला पहिलो भएको छ ।
अर्यालका अनुसार सहमतिको आधारमा समयमा नै कार्य सम्पादन गरेकोमा कार्यदलको तर्फबाट रसुवाको पार्टी नेतृत्वलाई बधाई एवं धन्यवाद ज्ञापन समेत गरेको छ । जिल्लाको तर्फबाट टुङ्गो लागेको नामावली कार्यदलबाट अन्तिम निर्णय नभएसम्म जिल्ला नेतृत्वले सार्वजनिक नगर्न कार्यदलको तर्फबाट कडाइका साथ निर्देशन भएको समेत उनले जानकारी दिएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया