शेयर बजारमा सामान्य गिरावट,पर्ख र हेर कै अवस्थामा लगानीकर्ता

विदुर खबर २०७५ साउन २० गते ११:०३

काठमाडौँ, शेयर बजारमा आज सामान्य गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १.४३ विन्दुले घटेर एक हजार १८९.८८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.१८ विन्दुले घटेर २५०.९७ विन्दुले घटेको छ । 

Advertisement

कूल १६० कम्पनीका पाँच लाख ९७ हजार ५९७ कित्ता शेयर रु १६ करोड ७० लाख ४९ हजार ६८४ मूल्यमा खरिद बिक्री भएको छ । स्टककाअनुसार आज पाँच उपसमूहको शेयर बढ्दा चार उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ३.५१, जलविद्युत् ५.६५, वित्त ०.९७, निर्जीवन बीमा ३०.९२ र उत्पादन २०.०६ बिन्दुले घटेको छ ।

यस्तै होटल ४.२४, विकास बैंक ११.१७, अन्य ६.४९, माइक्रोफाइनान्स ०.२१ र बीमा ३.६४ विन्दुले बढेको छ । आज सिटी एक्सप्रेस फाइनान्स कम्पनी र आरएमडिसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने आइएमइ जनरल इस्योरेन्स कम्पनी र प्रोग्रसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

Advertisement

शेयर बजार घट्ने क्रमले निरन्तरता पाउँदा शेयर कारोबारमा समेत सुस्तता आउन थालेको छ । दैनिक मुस्किलले २० करोडको हाराहारीमा शेयर किनबेच भईरहेको बजारमा साताको पहिलो दिन आइतबार करिब १७ करोडको मात्र कारोबार भयो ।

बैंक तथा वित्तीय संस्थाहरुले गत बर्षको प्रगति विवरण सार्वजनिक गर्दै गर्दा बजारमा कुनै रौनक नदेखुनले कम्पनीहरुको वित्तीय विवरणले बजारमा सकारात्मक प्रभाव पार्न सकेको देखिँदैन ।

Advertisement

एनएफआरएस प्रणाली मार्फत सार्वजनिक भएका वाणिज्य बैंकका वित्तीय विवरणहरुले पनि सामान्य लगानीकर्तालाई झनै अलमल्याएको छ ।

बजारको घट्दो गतिमा अधिकांश कम्पनीहरुको शेयरमूल्य सस्तिए पनि ठूला र संस्थागत लगानीकर्ताहरु बजार प्रवेश गर्ने आँट गरेका छैनन् । जसले गर्दा कारोबार रकम बढ्न सकेको छैन ।

प्रतिक्रिया