डोटीमा पहिरोमा परी २ जनाको मृत्यु

विदुर खबर २०७८ असार ३ गते २२:००
सूचक फोटो

नुवाकोट । लगातारको वर्षाका कारण पहिरो आउँदा आज बिहिबार जिल्लाका दुइ बालबालिकाको मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दानबहादुर मल्लाका अनुसार पहिरामा परेर मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–५ का ७ वर्षीय बालक बिनोद भण्डारी र ११ वर्षीया बालिका जेनिषा विष्ट रहेका छन् ।

गाउँ नजिकैको चिसापानी भन्ने ठाउँ बाख्रा चराउन गएका बेला आज दिउँसो उनीहरुको पहिरामा पुरिएर मृत्यु भएको हो । दिउँसो पानी परेपछि ओत लाग्न ओडारमा बसेको बेला ओडार माथीबाट पहिरो खस्दा उनीहरु च्यापिएका थिए ।

Advertisement

च्यापिएको खबर थाहा भएपछि नेपाल प्रहरी, स्थानीयबासी उक्त स्थानमा पुगी पहिरो पन्छ्याएर निकाल्दा उनीहरुको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

जिल्लामा पहिरामा परेर हाल सम्म तीन जनाको ज्यान गइसकेको छ । बुधबार मात्रै जिल्लाको केआइसिंह गाउपालिका–३ बासुदेबी देउकडाका ६५ वर्षीय खडकबहादुर बमको पहिरोमा परि ज्यान गएको थियो ।

Advertisement

प्रतिक्रिया