एक सय घरलाई ८ करोडको विद्युत परियोजना, ८० किलोवाट खेर गयो
रसुवा–पर्यटकिय क्षेत्र लाङटाङको क्यान्जिङमा करिब ८ करोड रुपैयाँको लगानीमा विद्युत् उत्पादन गरिएको छ। तर, उत्पादितमध्ये ८० किलोवाट बिद्युत खेर गइरहेको छ।
काधुरी नामक संस्थाले उत्पादन सुरु गरेको बिद्युत लाङटाङ, मुन्डुप, सिन्दुम तथा क्यान्जिङका एक सय १६ घरले प्रयोगमा ल्याउदा करिब २० किलो वाट मात्र खपत भईरहेको छ। बिद्युत गृह कार्यरत कर्मचारी कृष्ण प्रसाद गौतमका अनुसार बाँकि ८० किलोवाट बिद्युत खेर गइरहेको छ।
आयोजनाले १०० किलोवाट उत्पादित बिद्युत राष्ट्रिय प्रशारण लाईनमा जोड्न नसक्दा १० महिनादेखि बिद्युत खेर गएको हो।
काधुरी नामक संस्थाले नेपाल बिद्युत प्राधिकरणसँंग बिद्युत खरिद सम्झौता गरे पनि खपत हुन नसकेको ८० किलोवाट बिद्युत राष्ट्रिय ग्रिडमा जोडिन करिब ५० किलोमिटरको दुरीमा रहेको चिलिमे जलबिद्युत केन्द्र सम्म लैजानुपर्ने हुन्छ।
स्थानीय समुदाय र डब्लुडब्लुएफ रसुवाको बिशेष अनुरोधमा बेलायतमा कार्यरत भूतपूर्ब नेपाली सेनाको संगठन काधुरी नामक संस्थाले करिब आठ करोड रुपैंयाको लगानीमा जलबिद्युत आयोजना निर्माण गरेको हो। ठूलो रकम लगानी गरेर स्थापना गरिएको बिद्युत् खेर गएको हो।
विद्युतपछि गाउँ फेरियो
भुकम्पले मानववस्तीविहिन भएको लाङटाङमा जलविद्युत आयोजना निर्माण भएसँगै जीवनयापनमा सहज भएको लाङटाङका वडाध्यक्ष सुब्बा लामाले बताए। उनले भने–‘पहिला त सोलार प्रयोग गरेका थियौं, भुकम्प गयो सबै गाउँ नै सोत्तर बनाएको थियो, अहिले बिद्युत आयोजना बनेपछि गाउँ नै उज्यालो भएको जसले गर्दा यहाँका नागरिकले राहत महसुस गरेका छन्।’
लाङटाङको लिरुङ हिमाल बाट बग्ने छुहाँ खोलामा बिद्युत गृह निमार्ण गरि बिद्युत उत्पादन गरिएसँगै अहिले लाङटाङ र क्यान्जिङमा बत्ती बलेको छ। बिजुली बलेपछि मानबवस्तीविहिन एको लाङटाङमा स्वदेशी तथा बिदेशीले मोवाईल, क्यामेराका ब्याट्री चार्ज गर्न मात्र होईन उज्यालोमा बस्न टिभी हेर्न र ईन्टरनेट सेवा पाएको स्थानिय ङेरुप तामाङ बताउँछन्।
जलबिद्युत आयोजना निर्माण पछि क्यान्जिङ र लाङटाङका गरी एक सय १६ घरमा झलमल विजुली बलेपछि गाउँ नै झिलिमिल्ली भएको छ। तर बाँकी बिजुली भने उपभोग हुन सकेको छैन।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया