नुवाकाेटमा सरकारकाे आदेश उल्लङ्घन गर्दै डाेजर चल्याे

विदुर खबर २०७८ असार ३ गते २१:४४

नुवाकोट । असार १ देखि तीन महिना सरकारले बाटो खन्न तथा नदीजन्य पदार्थ उत्खनन गर्न तथा डोजर चलाउन रोक लगाए सँगै नुवाकोटको पञ्चकन्या गाँउपाालिका वडा नं -४ थाप्रेक गाउँमा जग्गाधनी तथा वडाको सम्झौता विना नै बाटोको कुनै सर्वे नै नगरी जथाभाबी बाटो खनिएको छ ।

Advertisement

पञ्चकन्या गाउँपालिका -४ मा बरू टोलदेखि स्यामान टोलसम्म जोड्ने बाटोमा जग्गा धनिको अनुमति विना नै राति राति डोजर चलाएर जथाभाबी बाटो खनिएको हो । गाउँ बस्तिको सुरक्षामा कुनै ध्यान नराखि जथाभाबी डोजर चलाइएको बताइएको छ ।

“हामी सँग कुनै सम्झौता नै नगरी राति राति डोजर चलाएका हुन । मेरो जग्गामा बिहान हेर्दा बाटो खनिसकिएको रहेछ । म सँग कसैले बाटो खन्नको लागि जग्गा उपलब्ध गराइदिन भनेकै छैन । विना कसैको अनुमति मेरो जग्गामा डोजर चलाउन कसले लगायौँ” जग्गा धनी सरल लाल श्रेष्ठले बताए ।

Advertisement

गए राति डोजर चलाएर १३० मिटर बाटो खनिसकिएको छ । उक्त बाटो अन्तर्गत २० जना गाउँ बासिको जग्गा पर्ने जग्गा धनी श्रेष्ठले बताए ।

“गए राति डोजर चलाएको हो । बाटो सबैको आवश्यकता भएकाले हामीले कसैसँग पनि संझौँता बिना नै बाटो खनेका हौँ । कोहिको धेरै कोहीको थोरै जग्गा पर्ने भएपछि गाउँका मान्छेहरूले विरोध गरेका हुन । त्यहीँ आक्रोशका बिच गाउँ बासीले डोजर तोडफोड गरिदिएका हुन । हामीले भोलि बिहान वडा कार्यालय जाने निधो गरेका छौँ ” बाटोका समिति अन्तरगत शेर बहादुर तामाङले बताए ।

Advertisement

“उक्त बाटो खान्नको लागि वडासँग कुनै सम्झौता नभएको र बाटोको सर्वेका लागि बाटोका समितिले आग्रह गरे पनि पानी परेको पर्यौं हुनाले हामीले सर्वे गर्न पाएका थिएनौँ । तर, उहाँहरूले त अगाडि नै रातारात डोजर चलाएर बाटो खन्न सुरुवात गर्नु भएछ । बाटोका लागि जग्गा उपलब्ध गराउन र गाउँ बासीसँग समन्वय समेत नभईकन डोजर चलाउनु भएछ” इन्जिनियर सुजन कार्कीले बताए ।

“विगत दुई महिनादेखि आफ्नो वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाटोको नाली खन्ने काम बाहेक काहीँ कतै वडाको सम्झौता विना डोजर नचलेको बताए । आफ्नो जग्गामा डोजर चलाउन सकिने तर, सरकारी बार वडाको काममा हामी सँग सिफारिस नलिई गरिएको काम बिचमै रोकिने छ । काहीँ कतै हाम्रो अनुमति विना डोजर चलेको थाहा पाए हामीलाई जानकारी गरिदिनुस् । उक्त कदमका विरुद्ध दत्तचित्त भएर हामी कारबाही गर्ने छौँ ।” वडा अध्यक्ष कृष्ण बहादुर कडेलकाले बताए ।

नुवाकोट लगायत विभिन्न जिल्लाहरूमा तीन महिनासम्म नदीजन्य पदार्थ तथा विकासका आयोजना अन्तरगत सडक खन्न तथा डोजर चलाउन रोक लगाइएको छ ।

केटिएम दैनिकबाट ।

प्रतिक्रिया