पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो
नुवाकोट । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल थप उपचारका लागि दिल्ली लगिएको छ ।
भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उनको उपचार हुने नर्भिक अस्पतालले जनाएको छ । बुधबार दिउँसो साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट उनलाई दिल्ली लगिएको हो ।
दुई दिनअघि लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार भइरहेको थियो ।
उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।
उनमा ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको नर्भिक अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
मोग्लोबिनको मात्रा घटेपछि नेता खनाललाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको र शरीर शिथिल र उनी कामिरहेको देखिएको नर्भिक अस्पतालले उल्लेख गरेको छ ।
चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् । मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताएका छन् ।
डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया