ग्लोबल आईएमई लघुवित्तद्वारा चौघडा स्वास्थ्य चौकीलाई आर्थिक सहयोग
विदुर खबर
२०७८ असार २ गते १७:५४
नुवाकोट । समुदायस्तरमा वित्तीय कारोबार गर्दै आई रहेको ग्लोबल आईएमई लघुवित्तले लिखु गाउँपालिकाको चौघडा स्वास्थ्य चौकी तथा आईसोलेसन वार्डलाई कोरोना नियन्त्रणको लागि २५ हजार रुपैंयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।
मङ्गलबार लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले स्वास्थ्य चौकीका प्रमुख सञ्जिवकुमार न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेको लघुवित्तका शाखा प्रबन्धक प्रदिप लामिछानेले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्षले यस विषम परिस्थितिमा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउँमा सहयोग गरेको बताए। उनले यस किसिमको सहयोगले आफूलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको बताए।
आफ्ना १०२ वटा शाखा मार्फत देशभरका स्थानीय तहका अस्पताल र स्वास्थ्य चौकीहरुलाई २५ हजारका दरले सहयोग गरेको लघुवित्तले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया