मेलम्ची बजारमै बाढी पस्यो, हजारौँ परिवारको बिचल्ली

विदुर खबर २०७८ असार १ गते २२:०८

इन्द्रावती र मेलम्ची नदीमा आएको बाढी मेलम्ची बजारमा पसेपछि स्थानीय जनजीवन अस्तव्यस्त बनेको ।

Advertisement

मेलम्ची बजारमै बाढी पसेपछि स्थानीयहरु यतिबेला घर छाडेर भाग्न बाध्य भएका स्थानीय पत्रकार देवराज सुवेदीले  जानकारी दिए ।

पत्रकार सुवेदीले भने, ‘बाढीका कारण ज्यान जोगाउनै हम्मेहम्मे परेको छ । जनजीवन अस्तव्यस्त छ, के कति क्षति भयो भन्न सकिने अवस्था छैन । राति भएकाले उद्धार तथा अन्य सहयोगको पनि कुनै सम्भावना देखिँदैन ।’

Advertisement

हाल प्रभावित क्षेत्रमा दुई घण्टादेखि भागाभागको अवस्था रहेको छ ।

बाढीका कारण विद्युत सेवा समेत अवरुद्ध हुँदा जनजीवन थप प्रभावित भएको छ ।

Advertisement

मंगलबार दिउँसोदेखि आएको अविरल बर्षाका कारण इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याममा समेत क्षति पुर्याएको छ ।

मेलम्चीको पानी काठमाडौं ल्याउन प्रयोग हुने ड्याम समेत आज दिउँसो खोलिएकाले नदीमा पानीको बहाव थप बढेको हुन सक्ने पनि पत्रकार सु्वेदीले बताए ।

प्रतिक्रिया