मनाङको चामेमा बाढीले ६ घर बगायो

विदुर खबर २०७८ असार १ गते १८:१०

नुवाकोट । मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काका अनुसार बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको छ । ‘यहाँ ट्रस्ट बनाएर बसेका होटल र र पसलहरु सबै बगाइसक्यो । पानी गरेको पर्‍यै छ । के गर्ने गर्ने भन्ने स्थिति आयो,’ उनले भने, ‘बेलैमा यहाँका जनतालाई सुरक्षित ठाउँमा सारेको भएर मानवीय क्षति भने भएको छैन ।’

डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताए । ‘यहाँ भएका सबै जनतालाई माडास्थित कारागारमा पुर्‍याएका छौं । तर, हामी नै बाढीको मारमा परिसकेका छौं । हामी नै असुरक्षित भइसकेका छौं,’ उनले भने ।

Advertisement

लगातारको बर्षातबाट आएको बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली ब्रिज पनि बगाएको छ । उक्त खोलामा रहेको ३२ किलोवाट क्षमताको लघु जलविद्युत पनि बाढीले बगाएको डीएसपी खड्काले जानकारी दिए ।

प्रतिक्रिया