देशभर नयाँ शैक्षिक सत्र भर्ना अभियान सुरु

विदुर खबर २०७८ असार १ गते १७:५३

नुवाकोट । देशभर विद्यालयहरुमा आजदेखि एकैसाथ नयाँ शैक्षिक सत्र भर्ना अभियान शुरु भएको छ ।

Advertisement

कोरोना भाइरसको कारण नियमित नयाँ शैक्षिक सत्र दुई महिनापछि धकेलिएर असार १ गतेदेखि शुरु भएको हो । नयाँ भर्नाका लागि जेठ २५ देखि प्रचार प्रसार गरी असार १ देखि भर्ना अभियान शुरु गर्ने संघीय सरकारको कार्यतालिका बनेको थियो ।

त्यही कार्यतालिका अनुसार स्थानीय सरकारले महिनाभर भर्ना अभियान संचालन गर्न लागिएको हो ।

Advertisement

आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु गरेर साउन एक गतेदेखि पढाइ सुरु गर्ने तयारी छ । सामुदायीक विद्यालय व्यवस्थापन महासंघका अध्यक्ष कृष्ण थापाले भने, ‘मूल्यांकन गर्न बाँकी रहेका एसईई सहितको नतिजा विद्यालयले सम्बन्धित इकाइमा बुझाइसकेपछि साउन एक गतेदेखि पठनपाठन शुरु गर्ने कार्यतालिका बनेको छ ।’

यही भर्ना अभियानको समयावधि भित्र विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराइसक्नुपर्ने छ । स्थानीय तहहरुले विद्यार्थीको मूल्यांकन नतिजा सार्वजनिक गर्न र भर्ना अभियान सन्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् ।

Advertisement

प्रतिक्रिया