उपत्यकाको फोहर व्यवस्थापन गर्न समिति गठन

विदुर खबर २०७५ साउन २० गते १:२७

काठमाडौँ,  उपत्यकाबाट उत्पन्न हुने फोहरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि काठमाडौँ महानगरपालिकाले पाँच सदस्यीय अध्ययन समिति गठन गरेको छ ।

Advertisement

लामो समयदेखि काठमाडौँ उपत्यकाको प्रमुख समस्याका रुपमा रहेको फोहर व्यवस्थापनका लागि कामपाले उक्त समिति गठन गरेको हो । ल्याण्डफिल साइटको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनको उपाय सुल्झाउन महानगरका सह–सचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वका पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो ।
समितिको सदस्यमा ललितपुर महानगरसहित उपत्यका सबै नगर समेटिने गरी प्रमुख प्रशासकीय अधिकृत रहनुहुनेछ । समितिलाई फोहर व्यवस्थापनमा नगरपालिकाहरुको लागत सहभागिता सिफारिश गर्ने जिम्मा दिइएको छ ।

समितिले ल्याण्डफिल साइटको दीर्घकालीन समाधान कसरी निकाल्ने र वर्षौँसम्म निर्माण हुन नसकेको बञ्चरे डाँडाको पूर्वाधार निर्माणका विषयमा सुझाव दिनुपर्नेछ । त्यसैगरी हाल सञ्चालन भइरहेको ल्याण्डफिल साइट सञ्चालन क्षमता सकिएकाले उत्पन्न समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पनि समितिले सुझाव दिनेछ ।

Advertisement

ल्याण्डफिल साइट प्राविधिकरुपमा निकै कमजोर अवस्थामा सञ्चालन भइरहेकाले संवेदनशील भएर व्यवस्थापनका लागि काम गर्ने संयोजक मरहठ्ठाले बताउनुभयो । बञ्चरे डाँडामा एक हजार ७३० रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ ।

प्रतिक्रिया