सातै प्रदेशले वार्षिक बजेट ल्याउँदै
नुवाकोट । सात वटै प्रदेश सरकारहरुले मंगलबार एकैपटक आर्थिक वर्ष २०७८–७९ वर्षको बजेट सार्वजनिक गर्दैछन् ।
केन्द्रीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ । सोही वाध्यात्मक परिस्थितिलाई मध्यनजर गर्दै संघीय कामचलाउ सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो भने प्रदेश सरकारहरुले पनि आ–आफ्ना योजनासहित बजेट ल्याउँदैछन् । सबैभन्दा बढी दबाबमा गण्डकी प्रदेश देखिएको छ ।
गत शनिबारमात्र नयाँ सरकार आएको अवस्थामा गण्डकीले बजेटमा समेट्ने विषयलाई पुरानै बजेटको आकार र योजनामा सामान्य करेक्सन गरेर ल्याउने बताइएको छ ।
त्यस्तै प्रदेश १ सरकारले कोरोना महामारीलाई केन्द्रित गरेर करिब साढे ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश २ सरकारले चालु आर्थिक वर्षको हाराहारीमा ३३ अर्ब आसपासको बजेट ल्याउँदैछ ।
बागमती प्रदेशले ५५ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । गण्डकी प्रदेशले ३२ अर्ब हाराहारीको बजेट ल्याउने तयारी छ । लुम्बिनी प्रदेश सरकारले ३९ अर्ब हाराहारीको बजेट ल्याउँदैछ । त्यसैगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले करिब ३० अर्बको हाराहारीमा बजेट ल्याउने बताइएको छ ।
कोरोना महामारी र राजनीतिक उथलपुथलबीच प्रदेश सरकारले बजेट निर्माणको काम गरेका छन् । धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन नसक्नुको मतलब आन्तरिक स्रोत सुदृढ पार्न नसक्नु नै हो ।
मुलुक संघीय संरचनामा गए पनि पुरानै ढर्रामा चलेकाले पनि प्रदेश सरकारहरु अलमलमा रहेको स्पष्टै हुन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया