नुवाकोटमा पहिलोपटक कविता कन्सर्ट, कवि सत्याल र कवियत्री अभिलासीले कवितामार्फत मुग्ध तुल्याए

विदुर खबर २०७५ साउन २० गते १:१३

नुवाकोट÷नुवाकोटको इतिहासमा नै पहिलोपटक विदुरमा कविता कन्सर्ट भएको । नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा आज नुवाकोट कविता कन्सर्ट भएको छ ।

Advertisement

कन्सर्टमा अहिलेका चर्चित कवि सुदेश सत्याल र कवियत्री देवकी अभिलासीले कविता बाचन गरेर उपस्थितहरुलाई भरपुर आनन्दित बनाएका थिए । कन्सर्टमा कवि सत्याल र कवियत्री अभिलासीले विभिन्न थरिका कविता बाचन गरेर उपस्थित भएका साहित्यप्रेमीको मन मुग्द बनाएका थिए ।कन्सर्ट कार्यक्रममा संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गिता अमात्यले कविता कन्सर्टले आफुलाई निकै आनन्दित तुलाएको बताउनुभयो । अमात्यले आजको कन्सर्टल्े आफुलाई पनि साहित्यतर्फ प्रवेश गर्ने रहर जागेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि अमात्यले नुवाकोटमा धेरै स्रष्टाहरु रहेको भन्दै युवाहरुलाई साहित्यतर्फ आर्कषित गनुपर्ने बताउनुभयो ।

Advertisement

कवि सुदेश सत्यालले नुवाकोट आफुलाई निकै राम्रो लागेको भन्दै नुवाकोटमा रहेका स्रटाहरु सबै मिलेर अगाडी बढेमा नुवाकोटको साहित्यले फड्को मार्ने बताए । त्यस्तै नुवाकोट साहित्य प्रतिष्ठानका सल्लाहकार श्रीराम श्रेष्ठले नुवाकोटमा रहेका युवाहरुलाई साहित्यतर्फ आर्कषित गर्न कन्सर्टको आयोजना गरिएको भन्दै यस्ता कार्यक्रमले नुवाकोटको पर्यटन र साहित्य विकासमा टेवा पुराउने बताए । कार्यक्रममा मन्तव्य राख्दै नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकृष्णअमरले सबैको साथ र सहयोगले कविता कन्सर्ट गरिएको भन्दै आगामि दिनमा पनि सबैको सहयोग पाएमा यस्तो कार्यक्रमले निरन्तरता पाउने बताए । कार्यक्रममा कविता बाचन गरेका कवि सत्याल र कवियत्री अभिलासीलाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रममा नुवाकोटमा रहेको साहित्यप्रेमिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया