खोलाले बगाउँदा एक बालकसहित महिला बेपत्ता
नुवाकोट । बाजुराको त्रिबेणी नगरपालिका वडा नं ५ मा किम्नी खोलाले बगाउँदा सोही वडाका एक जना बालक बेपत्ता भएका छन् ।
बेपत्ता बालकको खोजी गर्न मौरे प्रहरी चौकीबाट प्रहरी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजित महराले जानकारी दिनुभएको छ । बालकको नाम भने खुलेको छैन प्रहरी नायब उपरिक्षक महराले बताए ।
यस्तै जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार बिहान गाउँ नजिकैको खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला ल्वार रहेकी छन् ।
आइबातरदेखि आएको लगातारको अविरल वर्षासंगै सोमबार विहान खोलामा आएको बाढीले बगाउँदा उक्त महिलालाई बेपत्ता पारेको हो । बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको स्थानीय धनवहादुर बोहराले बताए ।
बेपत्ता ल्वारको खोजी कार्य भएपनि नभेटाएको स्थानीयले बताएका छन् । बेपत्ता भएकी महिलाका तीन छोराछोरी विचल्लीमा परेको बोहराको भनाई छ । बेपत्ता महिलाका श्रीमानले अर्काे विवाह गरेर भारतमा गएको स्थानीयले बताए ।
खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ । बाजुरामा गए रातिदेखि निरन्तर वर्षा भैरहेको छ ।
वर्षका कारण बाहुली खोलाले सदरमुकाम मार्तडीको नहर बालुवाले पुरिँदा विद्युुत सेवा अनियमित भएको छ भने बडिमालिका नगरपालका वडा नं २ घागरमा पहिरोले रुख ढाल्दा विद्युत पोल भाँचिएको छ । ‘बाजुरामा निरन्तर झरी वर्षा भइरहेकोले एक्कासी खोला बढ्ने र पहिरो जानसक्ने हुँदा खोला आसपास र बाढी पहिरोको उच्च जोखिम हुनसक्छ ।
तसर्थ उक्त स्थानमा कोही कसले पनि आवतजावत नगर्न नगराउन सर्बसाधारणमा अपिल गर्दर्छौं ।’ सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया