नुवाकोटको शिपवुरी गाउँपालिका कृषिकलाई यान्त्रिकरणतर्फ आकर्षित गर्दै
नुवाकोट । शिवपुरी गाँउपालिकाले किसानलाई यान्त्रिकरणतर्फ आकर्षित गर्न तथा कम लगानीमा बढी आम्दानी लिनको लागि सहयोग पुर्याउने उदेश्यले किसानलाई हाते ट्याक्टर र थ्रेसर अनुदानमा उपलब्ध गराएको छ ।
गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाका अनुसार चालु आर्थिक वर्षको कृषि सेवा केन्द्रको स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत किसानहरुबीच प्रतिस्पर्धाको आधारमा २१ थान हाते क्ट्याक्टर र पाँच थान धान, गहुँ दुवै चुट्ने मिल्ने सात हर्ज क्षमताको थ्रेसर उपकरण उपलब्ध गराइएको हो ।
किसानलाई कृषि पेशातर्फ आकर्षित गर्न, कृषिमा आधुनिकिरकण तथा यान्त्रीकरणतर्फ अघि बढाउन, कम लगानी धेरै आम्दानी र कम समयमा धेरै काम सहजै गर्नको लागी सहयोग पुराउने उद्देष्यले कृषि सामाग्रि किसानलाई उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।
गाउँपालिकाले किसानको लागि बजेटमा प्रथामिकता दिदै कार्यक्रमलाई सञ्चालन गर्दै आएकाले आगामी वर्ष पनि कृषिलाई प्रथामिकता दिएर बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाएका छन् ।
कृषि सेवा केन्द्रको शाखा प्रमुख भुवन तिमिल्सिनाले गाउँपालिकाभित्र रहेका कृषक, कृषक समूह, कृषि सहकारी सँस्था, कृषि फर्म लगायतबाट संकलन १५१ जना वटा निवेदन प्राप्त भएकोमा उत्कृष्ट निवेदनलाई ५० प्रतिशत अनुदानमा यान्त्रीकरण उपलब्ध गराइएको हो ।
आधा रकम अनुदानमा प्रदान गरिएको हातेट्याक्टर सात हर्सपावर क्षमताको लागी किसानले २३ हजार रुपैयाँमा प्राप्त गरेका छन् भने थ्रेसरको अनुदान सहुलियत पाएसगैँ किसानको ३० हजार रुपैयाँ परेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै
तारकेश्वरको सिरानटोल र गोस्र्याङमा एक घर एक धारा निर्माण
स्वास्थ्य बिमा संकटमा: सेवा कटौती





प्रतिक्रिया