अबदेखि काठमाण्डौमा दैनिक धारामा पानी नआउने
नुवाकोट । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ ।
मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ ।मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ । त्यो अवधिमा उपत्यका भित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक बितरण गर्न नसकिएको हो ।
सैँबु पोखरीबाट १२ दिन, बालाजु पोखरीबाट बितरण हुने स्थानमा नौ दिन, मीनभवन, अनामनगर, महाँकालचौर र ठिमी बोडे आसपासका क्षेत्रमा सात दिन बिराएर पानी बितरण हुनेछ ।
त्यस्तै, बाँसबारी, पानीपोखरी, भक्तपुर चार दिन र कीर्तिपुर पानीपोखरीबाट वितरण हुने स्थानमा दुई दिन बिराएर बितरण गरिनेछ ।
दुई महिना पहिलेदेखि उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो । दैनिक १७ करोड लिटर पानी आउँदा चक्रपथ भित्रका धेरै स्थानमा स्थानीयबासीले दैनिक रुपमा पानी पाइरहेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया