पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस दिन २२१ कम्पनीको १ लाख ७५ हजार ४११ पटकको कारोबारमा १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार रुपैयाँ बराबरको ३ करोड ५० लाख २७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कारोबारमा आएका ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल इन्स्योरेन्स, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ङादी ग्रुप पावर, ओरियन्टल होटल, सिईडीबी हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, यूनियन हाइड्रोपावर, एचआईडिसीएल र सोल्टी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन माउन्टेन हाइड्रोको ५.०१ प्रतिशत घटेको छ भने अरुण भ्याली हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र गुडविल फाइनान्सको ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ६२ करोड ५९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावर र हिमालयन डिष्टिलरीको ५० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया