कांग्रेस क्रियाशील सदस्य : थप ३३ जिल्लाका ६५ स्थानको नामावली सार्वजनिक
नुवाकोट । आगामी १४ औं महाधिवेशनको तयारीका लागि व्यस्त भएको नेपाली कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेको छ ।
यसअघि १०१ स्थानको नामावली सार्वजनिक गरेको कांग्रेसले थप ३३ जिल्लाका ६५ स्थानको नामावली पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको हो ।
कांग्रेसका क्रियाशील सदस्यताको नामावली अझै ७ जिल्लाबाट आउन बाँकी छ । छानविन समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेलधुराबाट सदस्यता नामावली आउन बाँकी छ ।
ती जिल्लामा आन्तरिक समायोजन, शुल्क विवाद लगायतका समस्याका कारण काम हुन नसकेको कांग्रेस नेताहरु बताउँछन् । शुल्क विवादका कारण बर्दियाको पार्टी कार्यालयमा तालाबन्दी छ ।
हालसम्म सार्वजनिक गरिएका नामावली उपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा सम्बन्धित पार्टी निकाय वा व्यक्तिले आगामी असार ६ गतेभित्र प्रमाणसहित केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिमा सम्पर्क गर्न सकिने समितिका सचिव केशव रिजालले जानकारी दिए ।
नामावलीमा कुनै त्रुटी भएको भए वा छुट भएको भए नयाँ सदस्यतातर्फ प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले र नवीकरण तर्फको जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटी सच्याइदिनका लागि वा नाम समावेश गरिदिनका लागि असार ६ गतेभित्र पठाइसक्नुपर्ने छ ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन आगामी भदौ १६ गतेबाट सुरु हुँदैछ । क्रियाशील सदस्यताको विवाद मिलाउन नसकेपछि कांग्रेसले महाधिवेशनको मिति ९ दिन पछि सार्ने निर्णय गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया