साउन महिनाभरि रसुवागढी नाका बन्द हुने,मितेरी पूलको सपोर्टर वाल भासिएपछि सवारी साधन संचालनमा रोक
विदुर खबर
२०७५ साउन १९ गते १४:२६
सरस्वती न्याैपाने रसुवा ,साउन महिनाभरि अन्तर्राष्ट्रिय रसुवागढी नाका बन्द हुने भएको छ ।
२०७१ सालदेखि संचालनमा आएको नाका पानीका उच्च बहावका कारण मितेरी पूलको सपोर्टर वाल भासिएपछि सवारीसाधन रोक लगाएको छ । यो अवरोध आएको कारण जोखिमलाई मध्यनजर गर्दै एक सातादेखि रोक लगाएको सवारी लगायत यही महिनाभरि बन्द गरेको हो ।

मर्मत सुरु भएको १५ दिनमा यातायात संचालनमा ल्याउने भनिएतापनि चीनबाट आउने तयारी सामान स्याउदेखि प्लाष्टिक सामग्रीहरू अलपत्र अवस्थामा रहेक एक व्यापारीले बताए ।
रसुवागढीबाट चीनको केरुङ नाका पुग्नका लागि २४ किमी भएतापनि सवारी संचालन हुन नसक्दा स्याउ, लसुन लगायतका कुहिने सामान थन्किने भएपछि व्यापारीहरू चिन्तित हुँदै सामानहरू भरिया लगाएर नाका पार गरेर टिमुरेमा राख्न थालेको व्यापारी मुकुन्द पौडेलले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया