दोहोरो सुविधा बुझ्दै जनप्रतिनिधिहरू

विदुर खबर २०७८ जेठ ३१ गते ७:२४

नुवाकोट । सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी खाताबाट दोहोरो सुविधा लिनु कानुनी अपराध हो ।

Advertisement

तर,नगर प्रमुखदेखि वडा सदस्यसम्मका जनप्रतिनिधिहरूले दोहोरो सुविधा लिइरहेका भेटिन्छन् । रामेछापका दुई नगरपालिका र छ गाउँपालिका गरी आठवटा स्थानीयतहमध्ये केही पालिकाका जनप्रतिनिधिले दोहोरो सुविधाबुझ्दै आएको खुलासाभएको छ ।

यसरी,दोहोरो सुविधालिनेमा गोकुल गंगा गाउँपालिका–२ ठोसेका वडा अध्यक्ष शेखर मान श्रेष्ठ र वडा नम्बर ३ रस्नालुका वडा अध्यक्ष नरबहादुर कार्की रहेका छन् । उनीहरूमध्ये ठोसेका वडा अध्यक्ष श्रेष्ठ पूर्वशिक्षक र वडा नं ३ का वडा अध्यक्ष कार्की पूर्वनेपाली सेनाका अवकास प्राप्त कर्मचारी हुन् ।

Advertisement

लिखु तामाकोसी गाउँपालिका–३ बिजुलीकोटका वडा अध्यक्ष यमबहादुर महतले पनि दोहोरो सुविधालिँदै आउनु भएको छ । उहाँपूर्व शिक्षकबाट अवकास प्राप्त कर्मचारी हुनुहुन्छ । त्यस्तै,मन्थली नगरपालिका–२ कठजोरका वडा अध्यक्ष तरणीशंकर अधिकारी र वडा नं ११ का वडा अध्यक्ष भीमबहादुर मगरले पनिदोहोरो सुविधाबुझ्दै आउनुभ एको छ ।

यी दुई मध्ये अधिकारी पूर्व साविकको गाउँविकास समितिका सचिव पदबाट अवकास प्राप्त हुनुहुन्छ भने मगर पूर्वप्रहरी हवल्दार पदवाट अवकास प्राप्त कर्मचारी हुनुहुन्छ ।त्यस्तै राज्यबाट दोहोरो सुविधालिने अन्य जनप्रतिनिधिमा खाँडादेवी गाउँपालिका–२ मझुवाका वडा अध्यक्ष इन्द्रलाललामा रहेका छन् ।

Advertisement

त्यसैगरी, सोहीगाउँपालिका–४ पकरवासका वडा अध्यक्ष धनबहादुर मानन्धर रहेका हुनुहुन्छ । दुईमध्ये लामा पूर्वशिक्षक पदवाट अवकास प्राप्त कर्मचारी हुनुहुन्छ भने मानन्धर पूर्वसशस्त्र प्रहरीबाट अवकास प्राप्त हुनुहुन्छ ।यसैगरी, रामेछाप नगरपालिका–६ ओख्रेनीका वडा अध्यक्ष धनबहादुर खड्का वडानम्बर ९ का वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ रहनु भएको छ । दुवै जना अवकास प्राप्त पूर्वशिक्षक हुनुहुन्छ ।

कर्मचारी पदबाट अवकास प्राप्त भएपछि राजनीतिक पहुँचको आधारमा स्थानीय तहमा होमिएका उहाँहरू निर्वाचित भएसँगै राज्यले जनप्रतिनिधिलाई उपलब्ध गराएको सेवा सुविधा दोहोरो हुने गरी बुझ्दै आउनु भएको छ ।

सरकारले दोहोरो सुविधा लिन नपाउने उद्घोष गरे पनि रामेछापको हकमा भने त्यो कार्यान्वय नहुन सकेको छैन ।

प्रतिक्रिया