यो वर्ष गोसाइँकुण्ड मेला सञ्चालन नहुने
रसुवा । पवित्र तिर्थस्थल गंगादशहरामा लाग्दै आएको गोसाइँकुण्ड मेला यो वर्ष पनि नलाग्ने भएको छ ।
कोभिड–१९ को जोखिम कायमै रहेकाले यो वर्ष पनि मेला नलागेको हो । कोरोना भाइरसको जोखिम रहेको, सरकारले मेला सञ्चालन नगर्न आग्रह गरेको, सार्वजनिक यातायात सञ्चालन नभएको, पदमार्गमा सञ्चालनमा रहेका होटल पूर्ण रूपमा सञ्चालन नभएको कारणले मेला सञ्चालन नहुने भएको हो । गंगादशहराको बेलामा लाग्ने मेलामा हरेक वर्ष तीन हजार भन्दा तीर्थयात्री जाने गरेका छन् ।
गोसाइँकुण्डमा वर्षको दुई पटक मेला लाग्दै आएकोमा गत वर्ष पनि गंगादशहरामा मेला सञ्चालन भएको थिए । केही वर्षअघिसम्म मेलाको अवसरमा मात्र तीर्थयात्री आउने गरेकोमा पछिल्लो समय हिउँ पर्ने समयमा बाहेक अन्य समयमा तीर्थयात्री गोसाइँकुण्ड जाने गरेका छन् ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाईवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५, मा पर्ने गोसाइँकुण्डमा मेला भर्नका लागि वार्षिक हजारौं तीर्थयात्री जाने गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया