कांग्रेस सांसद वैद्यको आपत्तिजनक अभिव्यक्तिविरुद्ध चौतर्फी विरोध

विदुर खबर २०७८ जेठ २९ गते १०:०७

नुवाकोट । नेपाली कांग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउनकै लागि देशघाती सम्झौता गरिरहेको जनाउँदै हाल नाथुराम गोड्से जस्ता व्यक्ति आवश्यक रहेको बताएका छन् ।

Advertisement

बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसद वैद्यले दिएको यो आपत्तीजनक अभिव्यक्तिको हाल चौतर्फी विरोध भइरहेको छ ।

‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है अब यो देश बचाउनका लागि ’ वैद्यले भने । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या गरेका थिए ।

Advertisement

वैद्यको अभिव्यक्तिले देशभर तरंग सिर्जना गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आत्मालोचना गर्न निर्देशन दिएका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ ।

तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् ।

Advertisement

प्रतिक्रिया