सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार?

विदुर खबर २०७८ जेठ २८ गते ११:५३

नुवाकोट । शुक्रबार सुन र चाँदी दुबैको भाउ बढेको छ। आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

Advertisement

यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

 

Advertisement

प्रतिक्रिया