एचआइडीसीएलको १००% हकप्रद सेयर समायोजनपछिको भाउ कति ?

विदुर खबर २०७८ जेठ २८ गते ११:४१

जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १००% हकप्रद सेयरपछि मूल्य समायोजन भएको छ ।

Advertisement

समायोजनपछिको भाउ नेप्सेले ३४३ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुल्नेछ । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आज शुक्रबार जेठ २८ गते बुक क्लोज गरेको छ ।

तसर्थ, उक्त हकप्रद सेयरमा बिहीबार जेठ २७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

Advertisement

प्रतिक्रिया